वीरगंजस्थित नारायणी अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु



वैशाख ७, वीरगंज वीरगंजस्थित नारायणी अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । गत चैत २९ गते अस्पतालमा भर्ना भएका वीरगज महानगरपालिका – १४ बहअरीका ५७ वर्षीया पुरुषको उपचारकै क्रममा राति १२ः४८ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिनुभयो । उनी ह्दय सम्बन्धी रोगले ग्रसीत थिए ।

उनी केहिदिन अघि भारतबाट आएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत चैत्र २९ गते पिसिआर परिक्षणमा पोजेटिभ रिर्पोट आएपछि सोहि दिन उनलाईं बयोधा अस्पतालमा भर्ना गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्