गोरखामा कोरोना सङ्क्रमित ५५ वर्षीय पुरुषको मृत्यु



वैशाख ७, गोरखा । गोरखा नगरपालिका–१४ का कोरोना सङ्क्रमित एक पुरुषको  मृत्यु भएको छ । भारतबाट फर्किएका ५५ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु भएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । भारतमा लामो समयसम्म रोजगारीका सिलसिलामा रहेका उनी केही समयअघि मात्र घर फर्किएका वडाध्यक्ष खड्काले बताए । वैशाख ४ गते स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि भरतपुर लगिएका ती पुरुषमा सोमबार मात्र कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

बिहान करीव ११ः३० बजे उपचारका क्रममा मृत्यु भएको हो ।  मृतकको शव उतै व्यवस्थापनका लागि परिवारका सदस्य अस्पताल पुगेका छन् । कोरोना सङ्क्रमणबाट मृत्यु भए ती पुरुषकोसम्पर्कमा आएकाको तत्काल कन्टयाक्ट ट्रेसिङ गरी स्वाब सङ्कलनको तयारी भइरहेको उनले जानकारी दिए ।

सङ्क्रमितको सम्पर्कमा रहेकार्लाइ सुरक्षित रहन आग्रह गरिएको र आवश्यकताअनुसार स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइने गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्