बाग्लुङ नगरपालिकाको तिन वडामा कोरोना रोकथामका लागि निषेधाज्ञा जारी गरियो



वैशाख ८, काठमाडौं । बाग्लुङको नगरपालिकाको वडा नं १२, १३ र १४ मा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले ति ३ वटा वडामा वैशाख ७ गते राति १२ बजेदेखि १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । ति ३ वडामा अत्यावश्यकबाहेक घर बाहिर हिँडडुल गर्न पनि रोक लगाइएको छ ।

निषेधाज्ञाको समयमा संघसंस्था, बैंक तथा वित्तीय संस्था, सहकारी कार्यालय र वडा कार्यालय पनि बन्द गरिएको छ । यदि घरबाहिर निस्कनै पर्ने अत्याअवश्क काम परेमा माक्सको प्रयोग गर्नैपर्ने जनाइएको छ ।

निषेधाज्ञाको समयमा खाद्यान्न, तरकारी, दूध, औषधी, दाना ढुवानी तथा एम्बुलेन्स सेवा कृषि तथा पशु उत्पादन, मल विउ, स्वास्थ्य सेवा र विपद व्यवस्थापन सेवा तथा अत्यावश्यक सरकारी सवारी साधनबाहेकका अन्य निजी तथा सार्वजनिक यातयात चल्न नदिइने जनाइएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्