नेपालगंजमा एक साता लकडाउन, सुनसान बजार



वैशाख ९ ,नेपालगंज । कोरोना महामारीले तीव्र रुप लिएसंगै बिहीबारदेखि नेपालगंजमा एक सातासम्म लकडाउन गरिएको छ। लकडाउनपछि नेपालगंज बजार पूर्ण रुपमा बन्द भएको छ। अति आवश्यक व्यवसाय बाहेक अरु खुलेका छैनन् ।

नेपालगंज का सबै स्थानमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ भने सुरक्षाकर्मीहरुले अनावश्यक रुपमा फाट्टफुट्ट हिंडेकालाई सम्झाईबुझाई फर्काइरहेको प्रहरीले जानकारी दिएको छ । सडकमा अति आवश्यक कामका व्यक्तिहरु मात्रै हिंडेको देख्न सकिन्छ।

नेपालगंज मा फार्मेसी भने खुलेका छन् । कोरोना विकराल रुपमा फैलिएपछि स्थानीयहरु पनि सचेत बनेर आ–आफ्नो घरमा बसिरहेका छन् ।  प्रहरीले नेपालगंज का विभिन्न स्थानमा गएर अनावश्यक रुपमा खुलाइएका पसलहरु भने बन्द गराएको छ।

नेपालगंजमा  पहिले नै तोकिएका परीक्षा भने संचालन भइरहेको छ। त्यस्तै भारतबाट आएर जमुनहा नाकामा आएका नेपालीहरुलाई भने नेपालगंज उपमहानगरपालिकाका बस गएर ल्याउने कार्य जारी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्