पोखराका कोरोना सङ्क्रमितको चितवनमा उपचारका क्रममा मृत्यु



वैशाख ९, चितवन । चितवनमा पोखराका कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार उनलाई वैशाख ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय छन् । मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए ।

उनको उपचारका क्रममा आज बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ  ।  सङ्क्रमण पुष्टि भएसँगै उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्