मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने माग, उपत्यकाका सीडीओ हच्किए निषेधाज्ञा लगाउन



वैशाख १३, काठमाडौँ  ।  काठमाडौं शहर देशकै राजधानी भएकाले यहाँको विषयमा मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने भन्दै सीडीओहरू हच्किएका हुन् । कोभिड–१९ का सक्रिय संक्रमितहरु ५ सयभन्दा बढी देखिएको काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई अख्तियारी दिइएपनि उपत्यकाका सीडीओहरू त्यस्तो आदेश जारी गर्न हिच्किचाएका छन् ।

तथापि सीडीओहरूको निर्णय गृह मन्त्रालयमा रिपोर्टिङ गरिने र माथिबाट जे आदेश आउँछ, त्यसअनुसार अघि बढ्ने उपत्यका प्रशासनको तयारी देखिन्छ । यद्यपि आजै बस्ने तीन जिल्लाका सीडीओहरूको संयुक्त बैठकले भीड नियन्त्रणमा भने कडाइ गर्ने भएको छ । यसअघि वैशाख ६ गते बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २५ जनाभन्दा बढी मानिसको जमघट हुन नपाउने गरी आदेश जारी गरेको थियो ।

सो आदेशको पालना गराउने दायित्व गृह प्रशासन र खासगरी सीडीओहरूको रहेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट देखिएका थिए । तर, प्रधानमन्त्री स्वयंले नै आदेश उल्लंघन गरेपछि सीडीओहरू पनि अब माथिबाटै निर्णय होस् भन्ने पक्षमा उभिएको स्रोत बताउँछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्