हेटौँडामा कार र मोटरसाईकल एक–आपसमा ठोक्किदा एक जनाको मृृत्यु



वैशाख १८, काठमाडौँ । हेटौँडामा कार र मोटरसाईकल एक–आपसमा ठोक्किदा एक जनाको मृृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठौरका अनुसार ना ३८ प ९३५३ नम्वरको मोटरसाइकल र बा ८ च २९५३ नम्वरको कार आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ पशुपतिनगरमा कार र मोटरसाईकल ठोक्किदा मोटरसाइकल चालक बारा जिल्ला महागढीमाई नगरपालिका वडा नम्वर–४ का ३५ वर्षीय सञ्जय कुमार शुक्लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार नवलपरासी जिल्ला निवासी बर्ष अन्दाजी ३३ की ज्योति अर्याल घाइते भएकी छिन् ।

घाइते भएकी अर्यालको हेटौँडा उपमहानगरपालिका वडा नम्वर–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्