धनकुटाको पाख्रिबासमा एक दम्पतीको मृत अवस्थामा फेला



धनकुटा ।  धनकुटाको जिल्लाको पाख्रिबास नगरपालिका–६ तिल्केका २२ वर्षीय सुनिल थापा र उनकी २० वर्षीया श्रीमती सिर्जना गुरागाईंको शव फेला परेको छ ।

प्रहरीका अनुसार श्रीमान सुनिलको शव झिंगटीको रूखमा झुन्डिएको अवस्थामा फोला पारिएको हो, भने श्रीमती सिर्जनाको शव भुईंमा लडिरहेको अवस्थामा भेटिएका हुन् । मृतक सिर्जनाको टाउकोमा गह्रौ हतियारले हानेको जस्तो चोट देखिएको स्थानीयको भनाइ छ । मृतकको साथबाट राहदानी, नागरिकता लगायतका सामग्री फेला परेको छ । कलिलै उमेरमा विवाह गरेका दम्पतीको ५ वर्षीय छोरा छन् ।

मृतकको शव हेर्दा ३/४ दिन अघिको जस्तो देखिन्छ । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । प्रहरीका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । बैशाख १५ गतेबाट हराएका उक्त दम्पतीको शव बैशाख २१ गते फेला पारिएको पाख्रिबास नगरपालिकाले जनाएको छ ।

काठमाडौं बस्दै आएका थापा केहि दिनअघि घर आएका थिए । माइतमा रहेकी श्रीमतीलाई साथमा लिएर चार दिन पहिले हिँडेका दुवै मंगलबार मृत फेला परेका हुन् । श्रीमतीको शव झाडीमा झ्यासले छोपिएको अवस्थामा फेला परेको घटनास्थलमा रहेका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्