लुम्बिनीमा थपिएका तीन मन्त्रीले लिए शपथ



बुटवल, बैशाख २२। मंगलबार थपिएका लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो।

शपथ लिनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री चेतनारायण आचार्य, स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ र शिक्षा तथा सामाजिक विकासमन्त्री धर्मबहादुरलाल श्रीवास्तव हुनुहुन्छ ।

पुन नियुक्त भएपछि मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार तेस्रो पटक मन्त्री मण्डल विस्तार गर्दै १० सदस्यीय बनाउनुभएको थियो । पोखरेलले यसअघि नै बैजनाथ चौधरी (थारु)लाई आर्थिक मामिला तथा योजनामन्त्री, हरिप्रसाद रिजाललाई ग्रामीण तथा सहरी विकास, सन्तोषकुमार पाण्डेयलाई भौतिक पूर्वाधार विकास, विजयकुमार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरणमन्त्री तथा सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त गर्नुभएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्