सभामुख र सांसदसहित ६ सय ९ जनाको पिसिआर परीक्षण



काठमाडौं । वैशाख २७का लागि आह्वान गरिएको प्रतिनिधि सभाको विशेष अधिवेशनका लागि १ सय २८ सांसदसहित ६ सय ९ जनाको पिसिआर परीक्षण गरिएको छ ।

बुधवार नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रतिनिधि सभाका सभामुख, सांसद, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादा पालक लगायतका गरी ६ सय ९ जनाको पिसिआर परीक्षण गरिएको हो । बाँकी सांसदहरूको बिहीबार पनि पिसिआरका लागि स्वाब सङ्कलन गरिने छ ।

बुधवार पहिलो दिन १ सय २८ जना सांसद, कर्मचारी र पत्रकार गरेर ४ सय ८१ जना सहित ६ सय ९ जनाको स्वाव सङ्कलन गरिएको सङ्घीय संसद्का सह प्रवक्ता दशरथ धमलाले जानकारी दिए

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्