चार सांसदलाई कोरोना पोजेटिभ



काठमाडौं। संघीय संसदका चार सांसदलाई कोरोना पोजेटिभ देखिएको छ। बुधबार गरिएको पिसिआर परीक्षणमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसीको पोजिटिभ आएको हो।

त्यस्तै सभामुख अग्नि सापकोटा र सचिवालयका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको छ। हिजो सभामुखसहित १२८ सांसद,
कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ६०९ जनाको पीसीआर परीक्षण गरिएको थियो।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको बैठक बस्दैछ। त्यसका लागि सांसदको कोरोना परीक्षण गरिएको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्