आफुले चढ्ने गाडी बिरामी बोक्ने एम्बुलेन्स बनाउने सिडिओको घोषणा



उत्तमकुमार थापा, दार्चुला ।
आफुले चढ्ने गाडीलाई बिरामी बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्ने दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले घोषणा गर्नु भएको छ ।

संसार भर महामारीको रुपमा फैलिरहेको कोरोनाको दोस्रो लहरका बेला बिरामीलाई उपचारका लागी अस्पताल सम्म लैजान उहाले आफुले चढ्ने जिल्ला प्रशासन कार्यालय दार्चुलाको स्कारपियोलाई एम्बुलेन्स रुपमा प्रयोग गर्ने घोषणा गर्नु भएको हो ।

जिल्ला प्रशासनको बा २ झ ६७ नम्बरको गाडी कोरोना भाईरस संक्रमित बाहेकका बिरामीलाई बोक्ने गरी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गर्नु भएको हो । प्रमुख जिल्ला अधिकारी जोशीले आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा आफुले चढ्दै आएको गाडीलाई बिरामी बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गर्नु भएको हो ।

देशैभरी कोरोनाको महामारी फैलिरहेको अवस्थामा अस्पताल तथा स्थानिय तहहरु संग हुने एम्बुलेन्स अभावलाई मध्यनजर गर्दै कोभिड बाहेका बिरामीलाई बोक्ने उक्त गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने मौखिक रुपमा प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले घोषणा गर्नु भएको हाे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्