पार्टी जोगाउन लुम्विनी प्रदेशका एमाले जिल्ला अध्यक्षको सामुहिक अपिल



रुपन्देही बैशाख २४
पार्टी भित्र आन्तरीक खिचातानीका कारण समस्यामा परेको नेकपा एमाले जोगाउन लुम्विनी प्रदेशका १२ जिल्ला अध्यक्षले सामुहिक वक्तव्य जारी गरेका छन् । बैशाख २४ गते जारी गरिएको विज्ञप्तीमा जिल्ला अध्यक्षहरुले एकतावद्ध भई नेकपा एमाले जोगाउन अनुरोध गर्नु भएको छ । उहाँहरुले अहिले एकजुट हुन सकेन भने इतिहासले कहिले पनी क्षमा नदिने समेत विज्ञप्तीमा उल्लेख गरेका छन् । अन्तरविरोधका कारण पार्टीलाई क्षती पुगेको महसुस भएको जनाइएको छ ।

एमालेलाई थप सुदृढ व्यापक गतिशिल बनाएर कम्युनिष्ट आन्दोलन र लोकतन्त्रको मुल शक्तिको रुपमा विकास गरेर लैजान पार्टी एकढिक्का हुनु पर्ने लुम्विनी प्रदेश पार्टी कार्यालयका सचिव बलराम अधिकारीले बताउनुभयो । पछिल्लो समयमा पार्टी भित्रको आन्तरीक द्धन्द्धले कार्यकर्ता समेत निराशा बनाएको छ । पार्टी एक हुने संकेत मिलेकोले कार्यकर्तामा समेत हौसला मिलेको नेकपा एमाले कपिलवस्तु जिल्ला संयोजक तथा प्रदेश समिति सदस्य झवीलाल पोख्रेलले बताउनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्