कर्णालीका २ मन्त्रीले दिए राजीनामा



सुर्खेत । कर्णाली प्रदेश सरकारका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले पदबाट राजीनामा दिएका हुन् ।

मन्त्री केसीले बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा आफूहरुले राजीनामा दिइसकेको जानकारी गराएकी छन् । त्यस्तै, नयाँ मन्त्री को आउँछ ? भन्ने विषयमा अहिलेनै निर्णय नभएको पनि उनले जानकारी गराएकी छन् । नयाँ मन्त्रीको बारेमा पार्टीले नै निर्णय गर्ने उनको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्