मोहि किसानहरुको न्याय आशै–आशमा बित्दै



गिरिराज नेपाली
दाङ, १६ माघ । जोतभोगको आधारमा मोहि किसानहरुले पाउने मोहियानी हक अझै पाउन सकेको छैनन । हकको आशामा बसेका मोहि किसानहरु पुस्तौ बितिसक्दा हकको फैसला अझै पाएका छैन । बाजेको उजुरी नातीमा सर्दा सम्ममा पनि न्यायको फैसला हुन नसक्दा आफुहरुले अधिकारको अनुभुती गर्न नसकेको मोहीयानी किसानहरुको गुनासो छ ।

तुलसीपुर उपमहानगरपालिका –१९ का लबरु चौधरीले २०२३ सालको मोहि हकको उजुरी दिएकोमा अहिले उहाँका नाती कृष्ण चौधरीका नाममा नामसारी भएको छ । तर अझै उक्त उजुरीको कुनै टुङगो लागेको छैन । जसका लागि अझै कृष्ण न्यायका लागि निरन्तर संघर्ष गर्दै गरी रहनुभएको छ । उहाँले भन्नुभयो – बाजेको उजुरी बाबु हुदै म सम्म आईसक्यो । तर अझै टुङगिने छैन । कहिले टुङगिएको हो कहिले न्याय पाउने हौ । ’ न्यायका लागि घोराही र घर गर्दागर्दै बाजे र बाबु बित्नुभयो । अहिले नातीले गर्दैछौ । उजुरीको फैसलाकै आशैआशमा यातेजातेमै कयौ पैसा रित्तिए तर कुनै काम भएन । उहाँले भन्नुभयो– ‘ न जिम्दारले आएर केही भन्छन , न कुनै फैसला हुन्छ । जिम्दारले थोरै पैसा लैजाउ मिलापत्र गरौ भन्छन । दिने भन्नेको पैसाले गरेको खर्च पनि उठ्दैन । हामीले कहिले सम्ममा न्यायका आशमा बस्ने हो भन्दै उहाँले भन्नुभयो – ‘ मोहिको अधिकार हामीले कहिले पाउछौ । ’ सरकारले उजुरी मात्रै लग्छ । फैसला गर्दछन । अब हुन्छ कि भनेर आश मार्न सकेको छैनौ ।

त्यस्तै मोहि हकका लागि २०३२ सालमा तुलसीपुर राईखल्यानका सागुराम चौधरीले दिएको उजुरी पनि अझै फैसला हुन सकेको छैन । मोहियानी हकका बाबुले दिएको उजुरीमा अहिले उहाँका छोरा खुसीराम डङगौरा नामसारी गरी उजुरी लडिरहेका छन । तर अझै उक्त उजुरीको कुनै सुनुवाई भएको छैन । उहाँले भन्नुभयो – ‘ २५ कट्टा जमिनको मोहि २५ हजार रुपैयामा मिलौ भन्छन । ’ तर जग्गामा मिल्न जम्दिार राजि हुदैनन । जसका कारण अझै आफुहरुले अन्याय खेपिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ हामीले न्याय चाहिएको छ , पैसा होईन । ’ प्रशासनले लापरवाही गर्दा पनि आफुहरुले न्याय पाउन नसकेको गुनासो गर्नुभयो । मुद्दाको म्याद मात्रै थपिन्छ । तर कहिले फ¥र्याैट गरिदैन । उहाँले पनि भन्नुभयो– ‘ जोतभोगको अधिकार बाजे बाबु हुदै म समेत न्यायका लागि संघर्ष गर्दैछु तर कहिले न्यायको सुनुवाई हुने हो थाहा छैन । ’

मोहियानी हक प्राप्तीका हकदारहरु मोहि किसानहरुले मोहि लगत कट्टीका लागि प्रमाण पु¥याउन नसक्दा र जमिन्दार र मोहि किसानहरु सहमति हुन नसक्दा मोहिका समस्या समाधान अल्झी राखेको भुमि सुधार कार्यालय दाङको भनाई छ । भुमि सुधार कार्यालय दाङका भुमि सुधार अधिकारी मान बहादुर कुँवरले मोहि हक कट्टीका लागि जोतभोग गरिरहेको हुनुपर्ने , वाली भराई गरिरहेको हुनुपर्ने भन्ने कानुनी व्यवस्था छ ।तर त्यो किसानहरुले छोडेकाले यस्तो समस्या देखिएको उहाँले बताउनुभयो । बाजेले जोतेको जग्गामा नातीले जोतेको छैन । वाली पनि भरेको हुदैन । तर कानुन त्यो खोजेको हुन्छ ।e

तर जग्गामा बाजे वा बाबुको नाममा मोहि देखिएको हुन्छ । अझै भन्ने यो भने कतिपयका प्रमाणको पनि पुरा हुदैनन । जसका कारण कार्यालयलाई काम गर्न पनि मुस्किल परेको हुन्छ । ‘मोहि छ तर किसानहरुको प्रमाण हुदैनन । कसरी फैसला गर्ने । ’ उहाँले बताउनुभयो । यि समस्याकै कारण कार्यालयमा स्थापनाकाल देखिकै मोहि उजुरीहरु फ¥यौट गर्न सकिएको छैन ।

भुमि सुधार अधिकारी कँुवरका अनुसार कार्यालयमा दर्ता भएका २ हजार ३ सय १२ निवदेन मध्ये चालु आर्थिक वर्षको कार्तिक मसान्त सम्ममा ६४ वटा उजुरीहरु मात्रै फ¥र्याैट भएको जानकारी दिनुभयो । भने अझै २ हजार २ सय ४८ उजुरी फ¥र्याैट हुन वाँकी रहेका छन । जसमा मोही कायमा २ मा २ फ¥र्याैट , ५ सय ९६ मा १७ फ¥र्याैट ५ सय ७९ वाँकी रहेका छन । मोही वेदखली ‘जम्मा धनिले भोगचलन गर्न नदिएको ’ २१ उजुरीमा २१ वाँकी, मिलापत्रमा १५ उजुरीमा १० फ¥र्याैट ५ वाँकी, कुत दिलाई मोही निष्काशनमा ६ मा ६ वाँकी, मोही लगत कट्टी ‘ जग्गाको वाँडफाँट ’ ७ सय १५ मा १३ फ¥र्याैट ७ सय २ वाँकी रहेका छन ।

त्यस्तै जग्गा जोत्न छोडेको अर्थात भगौडा मोही लगत कट्टीमा ७ सय ५६ मा ७ फ¥र्याैट ७ सय ४९ वाँकी , पारिवारिक मोहीमा ७५ मा १५ फ¥र्याैट ५९ वाँकी रहेका छन र ऐन दफा २६ क अनुसार मोही हक दाखिला खारेजमा १ सय २७ मा २ फ¥र्याैट १ सय २५ वाँकी रहेका छन । फ¥र्याैट भएका अधिकाश निवदेनहरु पैसा लेनदेनमै मिलापत्र भएको उहाँले बताउनुभयो । तर पैसामा मिल्ने मिलापत्रले मोही किसानहरु न्याय दिन सकेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्