कर्णालीमा सरकार कोभिड व्यबस्थापनमा केन्द्रित रहन नेता कंडेलको आग्रह



सुर्खेत ।  नेकपा एमाले संसदीय दलका नेता यामलाल कडेलले कर्णाली सरकारले कोरोना बिरुद्व लड्ने बेला व्यक्ति व्यवस्थापनमा ध्यान केन्द्रित गरेको भन्दै दुख व्यक्त गरेका छन् ।

उनले सामाजिक सन्जालमा कोरोना महामारीले आक्रान्त अवस्थामा व्यक्तिगत व्यवस्थापनका लागि प्रदेशलाई दिर्घकालीन असर पर्ने गरी संरचना बढाउन लागिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

‘दिनहुँ मृतकको संख्या बढिरहेको छ । यस्तो बेला सरकारको ध्यान कोभिड नियन्त्रणमा हुनुपर्ने हो,’ कँडेलले भनेका छन् ।

अहिले जीवनरक्षा नै प्रमुख विषय हो । सबैले आआफ्नो स्थानबाट जिम्मेबारीपूर्वक सोचौं । सरकार पुनर्गठन नियमित प्रक्रिया हो तर कर्णाली प्रदेशको आवश्यकता र समयअनुसार होइन,’ उनले लेखेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्