सुर्खेतमा निषेधाज्ञा दुई हप्ता थप



सुर्खेत। सुर्खेतमा थप दुई हप्ता निषेधाज्ञा लागु गर्दै कडाई गर्ने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार शुक्रबार रातीदेखि लागुहुने गरी थप दुई हप्ता निषेधाज्ञा लागु गर्ने तयारी गरिएको हो ।

यसअघि लागु भएको निषेधाज्ञाको अन्तिम मिति भोली सकिदैछ । यसअघि लागु भएको निषेधाज्ञा कार्यान्वयनमा स्थानीयले ख्याल ठट्टा गर्न थालेपछि अब लागुहुने निषेधाज्ञा अवधिमा प्रशासन थप कडाई गर्ने तयारीमा छ । कोरोना संक्रमणसँगै मृतक संख्या बढ्दै गएपनि स्थानीयले निषेधाज्ञा उल्लंघन गर्न थालेपछि प्रशासन कडाई गर्ने तयारीमा लागेको हो । हालको स्थितीलाई हेर्दा निषेधाज्ञा थपेर कडाई गर्नुको विकल्प नभएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।

उनका अनुसार अब थपिने निषेधाज्ञा अवधिमा कोही कसैले पनि निस्फिक्रि हिडडुल गर्न तथा व्यवसाय संचालन गर्न पाउने छैनन् । यस पटक फैलिएको कोरोना भाइरसलाई स्थानीयले गत बर्ष जस्तो ख्याल ठट्टा ठानेर मापदण्ड उल्लंघन गर्दै गएको प्रजिअ रिजालको भनाइ छ । सबैले कोरोना भाइरसलाई सामान्य ठानेर निषेधाज्ञा उल्लंघन गर्ने र स्वास्थ्य मापदण्ड पालना नगर्ने हो भने मर्नेको संख्या ह्वात्तै बढ्ने उनको अनुमान छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्