कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण



सुर्खेत, जेठ ३। कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले सपथ ग्रहण गर्नुभएको छ। नवनियुक्त मन्त्रीद्वय सीता नेपाली र गोपाल शर्मालाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले आज पद तथा गोपनियताको शपथ खुवाउनु भएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्दै दुई जना मन्त्री थप्नु भएको थियो ।

नेपालीलाई आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्री र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरिएको हो । नेपाली सुर्खेतबाट समानुपातिक र शर्मा रुकुम पश्चिमबाट निर्वाचित सांसद हुनुहुन्छ । उहाँहरु दुवैजना माओवादी केन्द्रका सांसद हुनुहुन्छ ।

गत बुधवार मात्र मुख्यमन्त्रीले तीनजना मन्त्री नियुक्त गर्नुभएको थियो । तर सत्ता साझेदार कांग्रेसको असन्तुष्टिका कारण उहाँहरुको शपथ रोकिएको थियो । कांग्रेसले दुईवटा मन्त्रालय मागेपछि माओवादीका मन्त्रीहरुको शपथ रोकिएको होे । यसअघि मन्त्रीमा नियुक्त भए पनि शपथ रोकिएका माओवादीका सांसद विन्दमान विष्टलाई पनि रोकिएको छ । कांगेसलाई दुई मन्त्रालय दिनुपर्ने भएपछि विष्ट मन्त्री हुनबाट रोकिनु भएको छ । अब कांग्रेसलाई पनि सरकारमा सहभागी गराइने र दुई मन्त्रालय दिने मुख्यमन्त्री शाहीको तयारी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्