अपहरित व्यापारी श्रेष्ठको अवस्था सर्वाजनिकको माग गर्दै भोली ११ वजे सम्म तुलसीपुरको व्यापार व्यवसाय वन्द हुने



२८ जेठ , दाङ । गतशुक्रवार अज्ञातसमुहको अपहरणमा परी हाल सम्म अवस्था सार्वजनिक नभएकाले अवस्थाको सार्वजनिकरणमा प्रशासनलाई दवाव स्वरुप प्रजातान्त्रीक उद्योग व्यापर संघले सोमवार विहान ११वजे सम्म तुलसीपुरको व्यापार व्यवसाय, उद्योग कलकारखाना स्वस्फुर्तरपमा वन्दहुने जनाईएको छ ।

22
नेपाली काँग्रेसका सक्रिय कार्यककतर्का तथा तुलसीपुरका प्रतिष्ठीत व्यपारी राजकुमार श्रेष्ठको खोजीमा तदारुक्तादिइ हालसम्मको अवस्था सार्वजनिकका लागि दवाव स्वरुप सोमवार ११वजे सम्म तुलसीपुरको व्यापार व्यवसाय वन्द आहवान गरिएको प्रजातान्त्रीक व्यापार संघका अध्यक्ष जनक खरालले जानकारी दिए ।
विहान ७वजे व्यवसायीहरुले दवावस्वरुप विरेन्द्र चोकवाट मौन¥याली निकाली ११वजे सम्म वजार वन्दगर्ने स्वतस्फुर्त निर्णय भएको प्रजातान्त्रीक उद्योग व्यापार संघ तुलसीपुरले जनाएको छ ।
त्यस्तै नेपाली काँग्रेस तुलसीपुर ५का ईकाई सभापति मदन धितालले प्रतिष्ठीत व्यापारी एवं काँग्रेसका सक्रिय सदस्य राजकुमार श्रेष्ठको अपहरणको घटना प्रति खेद प्रकट गरेको छ ।
गतशुक्रवार वेपत्तावनेका सक्रिय सदस्य राजकुमार श्रेष्ठको खोजीकार्य लाई तदारुक्ता दिई अवस्थासार्वजनिक गर्न ईकाई सभापति धितालले प्रशासन संग माग गर्दै सोमवार विहान ७ वजे तुलसीपुरमा निकालीने दवाव मौनरयालीमा सहभागिता जनाउन सवै काँग्रेस नेता कार्यकर्ता तथा शुभुच्छुकहरु संग अपिल गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्