दाङमा विशेषज्ञ चिकित्सकको अभाव



गिरिराज नेपाली
दाङ , १९ माघ । नेपाल सरकारले स्तरिय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले वर्षेनी करौडौका स्वास्थ्य सुधारका निति तथा कार्यक्रमहरु सार्वजानिक गरे पनि दाङमा भने अझै स्तरिय सेवाको अभाव कायमै छ । दाङका सरकारी अस्पतालहरु भौतिक संरचनाको स्तर वृद्धि भए पनि सेवाको स्तर अझै फेरिन सकेको छैन ।
संरचना वृद्धिका आधारमा अस्पतालको सेवा स्तरवृद्धि गरिए पनि सेवा दिने विशिषज्ञ चिकित्सक वृद्धि हुन सकेका छैनन । जसका कारण दाङका सरकारी अस्पताल विशिषज्ञ सेवाका रिफर सेवामा निर्भर छन । जसका कारण सर्वसाधारणहरुले आर्थिक व्यय संगै अनेकौ समस्याहरु भोग्नुपर्ने बाध्यता छ ।

तुलसीपुर उपमहानगरपालिका – १९ छिल्लिकोटका रविलाल घर्तीले भन्नुभयो– ‘मानसिक रोगी बनेको मेरो छोरा नेपालगंजको औषधी खुवाउछु । बेला बेलामा उतै लगेर देखाउछु ।’ अहिले थाहा भयो किन उता जानु परेको भनि दाङमा डाक्टर साप नै रहेनछन । दाङमै छोराको उपचार गराउन पाए घर भात र घरमै बसाई हुने थियो । खर्च जुटाउन गाह्रो पर्ने थिएन । अस्पतालका रुप फेरिए पनि सेवा नफेरिदा सर्वसाधरणहरुले यस्तो समस्या भोग्दै आइरहेको रहनु परेको छ । अस्पतालका शैया सख्या थपिदै गई पनि डाक्टर सख्या नथिदा दाङका अस्पतालहरु विशेषज्ञ सेवाका लागि परनिर्भर हुनु परेको अस्पतालहरुको भनाई छ ।

राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा निमित्त मेडिकल सुपरिटेन्डेन डा. जर्नादन पन्थीले भन्नुभयो– ‘ वेड सख्या थपिन्छ , डाक्टर थपिदैन ।’ सेवाको स्तर कहाँ फेरिन्छ । उहाँले राप्ती उपक्षेत्रिय अस्पताल ५० वेडको जनशक्तिले १०० वेड सञ्चालन गरिहेको छ । स्तर वृद्धिका आधारमा न संरचना थपिएका छन । न चिकित्सहरु नै थपिएका छन ।
पन्थीका अनुसार राप्ती उपक्षेत्रिय अस्पतालमा जम्मा १ सय २१ जनाको दरवन्दी हो । ८३ पद मात्रै पदपुर्ति रहेको उहाँले जानकारी दिनुभयो । भने विशेषज्ञ सेवा तर्फमा २२ दरवन्दीमा ८ पदपुर्ति रहेका छन । भने १४ विशेषज्ञ सेवाका पदपुर्ति अझै रिक्त रहेको उहाँले बताउनुभयो ।

राप्ती उपक्षेत्रिय अस्पतालमा मेडिकल जनरललिष्ट, नशा रोग विशेषज्ञ, दाँत रोग विशेषज्ञ, प्याथोलोजिष्ट, मेडिकल टेक्नोलोजिष्ट, मानसिक रोग विशिषज्ञ, मुटुरोग विशेषज्ञ, मृर्गाैला रोग विशेषज्ञ, पिसाव रोग विशेषज्ञ, प्रसुति रोग विशेषज्ञ , नर्सिङ प्रशाशक र प्रमुख मेडिकल पद रिक्त रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘ सरकारले दरवन्दी दिए पनि डाक्टर दिदैन । ’ जसका कारण अस्पतालले २२ विशेषज्ञ सेवा मध्ये ८ सेवा मात्रै सुचारु गरिरहेको उहाँले बताउनुभयो ।

सरकारले अस्पतालको वेड ‘ अपग्रेड ’ गरे पनि संरचना ‘अपग्रेड’ गर्न नसक्दा भएको हो । स्तर वृद्धिको अनुपातमा अस्पतालको पूर्वाधारको र जनशक्तिको व्यवस्थापन गर्न सकेमा आवश्यक सेवाहरु पनि सुचारु गर्न सकिने उहाँले बताउनुभयो । अस्पतालमा संरचना अभावकै कारण विशेषज्ञ सेवा सञ्चालनमा ल्याउन नसकेका उहाँले बताउनुभयो । दरबन्दी सहितको विशेषज्ञ डाक्टर ल्यायो , बस्ने क्वाटर छैन, डाक्टरहरुका लागि अरिरिक्त समयको व्यवस्थापन पनि गर्न सकिदैनन । त्यस्तै निमित्त मेडिकल सुपरिटेन्डेन डा. पन्थीका अनुसार स्टापनर्स २९ अहेव अनमी ३ जना रहेको जानकारी दिनुभयो ।


त्यस्तै अञ्चल अस्पताल तुलसीपुरमा पनि उस्तै अबस्था छ । विशेषज्ञ सेवाका लागि अस्पतालमा विशेषज्ञ डाक्टरको दरबन्दीको तोकिए पनि दरवन्दी पुर्ति हुन नसक्दा अस्पताल विशेषज्ञ सेवा पु¥याउन सकेको छैन । अस्पतालका मेडिकल सुपरीटेन्डेन डा. विनोद सिंहले प्याथियोलोजिष्ट , नाककान, घाँटी रोग विशिषज्ञ डाक्टरी सेवाको अभाव रहेको बताउनुभयो ।

विशेषज्ञ सेवामा १५ दरवन्दी रहे उहाँले जानकारी दिनुभयो । त्यस्तै उहाले अस्पतालमा १८ जना स्टापनर्स , अनमी र अहेवको दरबन्दी रहे पनि ५ जना अझै अपुग रहेका उहाँले बताउनुभयो । दैनिक जसो वढ्दै जाने विरामी सख्याको आधारमा अस्पतालको संरचना र जनशक्ति अभाव हुदै जान थालेको उहाँले बताउनुभयो । राप्ती अञ्चल अस्पतालमा ७४ जनाको जम्मा दरवन्दी रहेको छ ।

राप्ती उपक्षेत्रिय भन्दा अञ्चल अस्पतालमा दोब्बर विशेषज्ञ चिकित्सक
राप्ती उपक्षेत्रिय अस्पताल घोराहीले २२ वटा विशिषज्ञ सेवा मध्ये ८ वटा सेवा सुचारुमा रहेको छ । भने राप्ती अञ्चल अस्पताल तुलसीपुरले १५ वटा विशिषज्ञ सेवा मध्ये १४ वटा सेवा सुचारु गरेको छ । राप्ती उपक्षेत्रिय अस्पताल भन्दा राप्ती अञ्चल अस्पताल तुलसीपुरल झण्डै दोब्बर सख्या जनशक्तिको विशेषज्ञ डाक्टरी सेवा पु¥याई रहेको छ ।
जसमा राप्ती उपक्षेत्रिय अस्पतालले जनरल फिजिसियन, अर्थाेपेडिक सर्जन, रेडियो लोजिष्ट , सर्जन , वाल रोग विशिषज्ञ , नाककाना, घाँटी र प्रमुख मेडिकल अधिकृतको सेवा पु¥याई रहेको छ । त्यस्तै अञ्चल अस्पताल तुलसीपुरले स्त्री रोग, वाल रोग, हार्डजार्नी, जनरल फिजिसियन ‘ तीन ’, मेडिकल ‘ ६ ’ र दाँत रोग विशिषज्ञ गरी १४ वटा विशिषज्ञ सेवा सञ्चालन गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्