केही स्थानमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का वर्षाको सम्भावना, आगामी तीन दिनको मौसम पूर्वानुमान



२०७८ जेठ १९ गते (बुधवार)

दिउँसो: प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र बाँकी स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र तराई भू-भागका एक दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: प्रदेश १ लगायत देशका पहाडी भूभागहरूमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

२०७८ जेठ २० गते (बिहीबार)

दिउँसो: प्रदेश १ र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागहरूमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ का लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

राती: प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखी सामान्य बदली रहनेछ र बान्की भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

२०७८ जेठ २१ गते (शुक्रवार)

दिउँसो: पहाडी भूभागहरूमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

राती: पहाडी भूभागहरूमा आंशिक देखी सामान्य बदली रहनेछ र बान्की भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्