गाउँपालिका अध्यक्ष चढ्ने सवारी दुर्घटना,दुर्घटनाको विषयमा गलत प्रचार भएको भन्दै गाउँपालिका द्वारा खण्डन



जेठ २२,कामिरेचौर ।  बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वली चढ्ने सवारी दुर्घटना भएको छ । गाउँपालिका द्वारा सञ्चालित कोभिड विशेष अस्पतालका लागि स्वास्थ्य सुरक्षा सामग्री लिन घोराही तर्फ जाँदै गर्दा घोराही–मुर्कुटी सकड खण्डमा पर्ने घोराही उपमहानगरपालिका वडा नम्बर ४ पालुथानमा लु १ झ ६१६ नम्बरको महिन्द्रा बलेरो डवल क्याप गाडी दुर्घटना भएको हो । 

आज बिहान करिब ८ बजे दुर्घटना भएको गाडी चालक स्वयंले चलाएको र दुर्घटनामा परेका सबै जना सकुशल रहेको बंगलाचुली गाउँपालिकाले जानकारी दिएको छ ।निर्माणाधीन अवस्थामा रहेको मदन भण्डारी लोक मार्ग(घोराही-मुर्कुटी सडक खण्ड) मा पहिलो चरणको कालोपत्रेका लागि हालिएको गिट्टीमा गाडीको गति तीव्र रहेको हुँदा गाडी अनियन्त्रित भई दुर्घटना भएको बंगलाचुली गाउँपालिकाले प्रस्ट पारेको छ । 

यसैबिच गाउँपालिका अध्यक्ष चढ्ने गाडी दुर्घटनाको विषयमा विषयान्तर गरेर समाचार प्रकाशन भएको भन्दै बंगलाचुली गाउँपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।गाउँपालिकाले आज शुक्रवार विज्ञप्ति जारी गर्दै केही अनलाइन सञ्चार माध्यमहरूमा आएको समाचार निराधार रहेको बताएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद आचार्यले विज्ञप्ति जारी गर्दै गाउँपालिका अध्यक्ष चढ्ने गाडी गाउँपालिकाको सवारी चालकलेनै चलाएको प्रस्ट पार्नु भएको छ ।साथै विज्ञप्ति मार्फत दुर्घटना जस्तो दुःखद संवेदनशील विषयलाई विषयान्तर नगरी दुर्घटनाकै रूपमा बुझिदिन सम्पूर्ण सञ्चारमाध्यम,तथा सरोकारवाला सबैलाई अनुरोध गरिएको छ । 

यस्तै दुर्घटनाको विषयलाई लिएर केही सञ्चार माध्यममा अनावश्यक भ्रम पैदा गरी गरी राजनीतिक प्रहार गर्न खोजिएको भन्दै गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले खेद व्यक्त गर्नु भएको छ । अध्यक्ष वलीले दुर्घटना आफैमा दुःखद घटना हुँदा हुँदै कतिपयले दुर्घटनाकै विषयलाई लिएर राजनीति गर्न खोजेको भन्दै खेत व्यक्त गर्नु भएको हो । उहाँले दुर्घटना अकल्पनीय र पिडादायी हुँने हुँदा यसमा राजनीति नगर्न समेत सबैलाई अपिल गर्नुभएको छ ।

दुर्घटनाको विषयलाई लिएर आस्था विचारको भरमा प्रहार गरिएकोले सत्य तथ्य समाचार सम्प्रेषण गर्न समेत सञ्चारकर्मी तथा सञ्चार गृहलाई अनुरोध गर्नु भएको छ । सवारी चालकले नै सवारी चलाएकोले घटनाको सत्य तथ्य नबुझी समाचार प्रकाशन/प्रसारण गरेर जनता माझ अनावश्यक भ्रम नफैलाउन पत्रकारहरूलाई समेत अपिल गर्नु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्