गुल्मीमा गाई काटेको आरोपमा २ जना पक्राउ



रुपन्देही । गुल्मीमा गाई का’टेको आ’रोपमा २ जना प’क्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका-१ लिलिङ्गका २४ वर्षीय रमेश श्रीस र २२ वर्षीय विमल घर्तीलाई शुक्रवार प्रहरीले प’क्राउ गरेको हो ।

सोही वडाकी स्थानीय हिरा पुनले २२ दिन अघि पाल्न गाई किनेर घर ल्याएकी थिइन् । पुनको गोठमा बानिएको गाई दुई जना मिलेर जङ्गलमा ल्याइ का’टेर खाएको आ’रोपमा उनीहरूलाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

गाईको मासु का’टेर घर-घरमा लगेको र टाउको र छाला गाडेर छाडेको अवस्थामा फेला पारेको पारेको डिएसपी पाण्डेले बताए । घ’टनामा संलग्न थप मानिसहरू खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्