साढे तीन करोड बक्यौता , महशुल तिर्दैनन् उपभोक्ता



गिरिराज नेपाली
दाङ, २१ माघ । विद्युत प्राधिकरण घोराही शाखाको साढे तीन करोड रुपैयाँ वक्यौता रकम उठ्न वाँकी छ । कार्यालयले बक्यौता रकम बुझाउन सम्वन्धीत उपभोक्ताहरु लाई पत्राचार गरे पनि उपभोक्ताहरुले बक्यौता रकम अझै बुझाउन नआएकोे भनाई छ । बक्यौता रकम नउठ्न कार्यालयले आर्थिक व्ययभार खेप्नु परेको छ । भने उपभोक्ताहरु नाममा मासिक व्याज थपिदै गईरहेको कार्यालयले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण घोराहीका शाखाका कार्यालयका सुचना अधिकारी खेमराज भण्डारीले भन्नुभयो – ‘उपभोक्ताहरुले महशुल नै बुझाउदैनन् । ’ बक्यौता रकम कसरी उठ्छ । दाङमा कलकारखाना भन्दा घरवत्तिको महशुल नबुझाउने चलन वढि रहेको उहाँले बताउनुभयो ।

जसमा घरबत्ति तर्फ २ करोड, ३० लाख , ७८ हजार, ६ सय १७ रुपैयाँ, सरकारी कार्यालय तर्फ १९ लाख, १२ हजार, ८ सय ७२ रुपैयाँ, व्यावसाय तर्फ ३५ लाख, ८४ हजार, ४ सय , २८ रुपैयाँ , सडकबत्ति तर्फ ५ लाख , ४८ हजार , २ सय ५३ रुपैयाँ र धार्मिक क्षेत्र तर्फ ३१ हजार १ गरी ३ करोड , ४९ लाख , ८४ हजार , २ सय ५७ रुपैयाँ बक्यौता रहेको कार्यालयले जनाएको छ । जसमा सवैभन्दा वढि घरबत्तिको महशुल वाँकी रहेको देखिन्छ भने जिल्ला स्थित सरकारी कार्यालयहरु वर्षाै देखिको बक्यौता वाँकी रहदै आईरहेको कार्यालयले जनाएको छ ।

बक्यौता रकम उठाउन विद्युत प्राधिकरण लाई घरबत्तिमा भन्दा सरकारी कार्यालयमा वढि मुस्किल पर्ने गरेको कार्यालयका निमित्त प्रमुख तथा इन्जिनियर प्रमोद कुमार सिंहले बताउनुभयो । घरबत्तिमा लाईन काट्छौ भन्ने महशुल बुझाउछन ।

तर सरकारीका कार्यालय लाईन काट्न पनि मिल्दैन । महशुल पनि बुझाउदैनन् । जसले गर्दा कार्यालयले नै बक्यौता देखाउदै लिष्टीङ गर्दै राख्नु परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ महशुल बुझाउन अनुरोध छ ’ भन्दै कयौ पत्रचार गए । घरबत्तिका आउदै बुझाउदै गरे । तर सरकारी कार्यालयका बजेट छैन । बजेट माग गर्दै छौ भन्ने जवाफ फर्काउछन । उहाँले मिटर रिडिङ भएको २२ दिन सम्म सेवा शुल्क माथि कुनै अन्य कुन शुल्क लाग्दैन । तर २२ दिन देखी ३० सम्म शुल्क नबुझाएमा ५ प्रतिशत व्याज , ३० दिन देखी माथि भएमा १० प्रतिशत र ४० दिन माथि पुगेमा २५ प्र्रतिशत व्याज तिर्नुपर्ने कानुनी व्यावस्था रहेको उहाँले बताउनुभयो ।

महशुल नबुझाउने कार्यालयहरु
विजुली वत्ति सेवा लिए वाफत ९२ वटा सरकारी तथा गैर सरकारी कार्यालयहरुले महशुल शुुल्क बुझाएका छैनन । जसमा जिल्ला समन्वय समिति दाङ ५० हजार , २ सय ४८ रुपैयाँ , १४ पैसा, दाङ देउखुरी जिल्ला अदालत २७ हजार , ३ सय ४१रुपैयाँ , जिल्ला जनस्वास्थ्य कार्यालय दाङ ६७ हजार, २ सय ६१ रुपैयाँ, कारागार शाखा घोराही ४६ हजार ७ सय ४६ रुपैयाँ, ज्योती पशुपंछी योजना कृषि समुह ६१ ह्जार १ सय ९३ रुपैया , जिल्ला बन कार्यालय ३५ हजार , नारायणी सल्यानी स्मृति भवन ३४ हजार , ५ सय ९९ , उपस्वासथ्य चौकी हापुर विजौरी, ३० हजार, सोनपुर सामुदायिक बन उपभोक्ता समिति ४७ हजार, ६ सय ५७ रुपैयाँ , शहिद उमेश चन्द्र थापा शालिक

निर्माण समिति २२ हजार , ८ सय ६९ रुपैयाँ , सडक विभाग कार्यालय दाङ ६९ हजार, ४ सय २४ , बन्सीधर गुप्ता २३ हजार , ८ सय ५५ , लाँलीगुरास आवासिय विद्यालय २ लाख ३९ हजार , ३ सय , ६७ रुपैयाँ , घोराही खानेपानी उपभोक्ता समिति २३ हजार , ३ सय ७६ रुपैयाँ , त्रिननपा ७ कोठेपासका घर २२ हजार ७ सय ४० , श्रीनाथ गण ३ लाख ८ हजार १ सय ६८ , राप्ती स्वास्थ्य समुदायिक ४९ हजार २ सय २६, राप्ती उपक्षेत्रिय अस्पताल घोराही २ लाख , २९ हजार ५७ रुपैयाँ , अस्थाई प्रहरी चौकी सर्रा २० हजार ८ सय २६ , उमाशंकर नाथ स्मृति बालअस्पताल १ लाख १५ हजार १ सय ५२ , जिल्ला प्रहरी कार्यालय दाङ २० हजार ६ सय ४६ , नेपाल पत्रकार महासंघ दाङ शाखा ५० हजार ७ सय ७५ रुपैयाँ , सहकारी संस्था नारायणपुर ४५ हजार, ४६ रुपैयाँ र प्राथामिक स्वास्थ्य केन्द्र स्युजा ४८ हजार सय ३१ रुपैयाँ बक्यौता रहेको कार्यालयले जनाएको छ ।

७० वटा सरकारी तथा गैर सरकारी कार्यालयहरुले १ हजार देखी २० हजार सम्मको बक्यौता रकम बुझाउन नसकेको कार्यालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्