आशा सञ्जालकाे मास्क वितरण अभियान निरन्तर 



धनी राम कोरी कपिलवस्तु , जेठ २६ कपिलवस्तु काे शिवराज नगरपालिका वडा नं – चन्द्राैटा मा रहेको आशा सञ्जालको अयाेजनामा शिवराज नगरपालिका वडा नं -१ र इलाका प्रहरी कार्यालय चन्द्राैटाकाे समन्वय र स्टाेमफाउण्डेसन तथा किर्डाक नेपालकाे आर्थिक सहयोगमा मास्क बैङ्क अभियान जेठ १९ गते देखि आज २६ गते सम्म निरन्तर रूप अभियान चलिरहेको आशा सञ्जालका अध्यक्ष सन्तोष बुढाथोकीले बताउनु भयो ।

“हुनेले दिएर जाउ , नहुनेले लिएर जाउ ” भन्ने मुल नाराका साथ मास्क बैङ्क अभियान सुरु भएको छ । सहयोग दाताहरूले मनकामना सामुदायिक वन का अध्यक्ष ३०० पिस मास्क , सरस्वती निम्न माध्यमिक विद्यालय कि शिक्षिका शान्ति जि.सी ले १०० पिस मास्क , सुरही सामुदायिक वनका अध्यक्ष गुडनिधि घिमिरे ले २०० पिस मास्क र शिवराज नगरपालिका वडा नं -१ का वडा अध्यक्ष जगत बहादुर के.सी ले १५० पिस मास्क अनि २ लिटर सेनिटाइजर सहयोग गर्नु भएको छ ।

कपिलवस्तुमा निषेधाज्ञा रहेको छ त पनि मान्छेहरू अतिअवश्यक कामकाे लागि बहिरा निस्कनु पर्ने बाध्यता रहेको स्थानीय बत्ताउँछन् । कति मान्छेहरु विना मास्ककाे बाटाे हिलडुल गर्नेलाई मास्क वितरण गरिएको र आशा सञ्जालले सार्वजनिक मानिसहरूलाई कोरोना काे बारेमा जानकारी समेत दिनेका गरिएका छन । मास्क बैङ्क अभियानबाट कोरोना नियन्त्रणमा केही थप सहयोग हुने ठानिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्