युरोकप अभ्यास खेल : इजरायमाथी पोर्चगलको ४ गोल



काठमाडौं । युरोकप अघिको अभ्यास खेलमा पोर्चुगलले इजरायलमाथि ४–० को जित निकालेको छ । लिस्वनस्थित जोसे अल्भालाडे रंगशालामा भएको खेलको ४०औं मिनेटमा ब्रुनो फर्नान्डेजले पोर्चुगललाई अग्रता दिलाए ।

त्यसको दुई मिनेटपछि क्रिष्ट्रियानो रोनाल्डोले अग्रता दोब्बर पारे । खेलको अन्त्यतिर पोर्चुगलले थप दुई गोल ग¥यो । जोआ क्यान्सिलोले ८६ मिनेटमा तथा ब्रुनो फर्नान्डेस्ले इन्जुरी समयमा व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरे ।

अन्तर्राष्ट्रिय फुटबलमा पोर्चुगलका लागि १ सय ७५ खेलमा रोनाल्डोको यो १ सय ४औं गोल हो । उनी सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोल गर्ने इरानका अली देईभन्दा केवल ५ गोलले मात्रै पछि छन् । देईले १ सय ९ गोल गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्