सिरहामा विद्युत् प्राधिकरणको लापरबाहीले पशु चौपायाको करेन्ट लागेर मृत्यु 



महेश सिंह महतो सिरहा लहान- २७ जेष्ठ – सिरहाको बरियारपट्टी गाउँ पालिका १ कच्नारीमा करेन्ट लागेर भैँसीको मृत्यु भएको छ। विद्युत् प्राधिकरणको लापरबाहीको कारणले पशु चौपायाको मृत्यु भएको हो।

कृषि प्रयोजनको लागी जडान गरिएको विद्युत्को तारमा करेन्ट लागेर घटना स्थलमै भैँसीको ज्यान गएको हो । स्थानीय उतिम लाल यादवले घरबाट भैँसी चराउन खेतीतिर लग्दा कृषि प्रयोजनको लागि गरिएको विद्युतीकरणबाट करेन्ट लागेका थिए।

करिब एक लाख मूल्य बराबरको भैँसीको मृत्यु हुँदा किसान उतिम लाल यादव आर्थिक शोकमा डुबेका छन्।भैँसीको करेन्ट प्रवाह हुँदा घटना स्थलमै मृत्यु भएको छ।भैँसीको ज्यान जादा पीडित यादवको घरमा रुवा बासि भएको छ ।

विद्युत्को तार लुज भएकै कारणले करेन्ट लागेको हो। किसानको जीवन खेती पितामै बितने गरेको छ। घर परिवार चलाउन खेती र पशुपालन गर्ने गरेको स्थानीय पत्रकार मुकेश कुमार यादवले जानकारी दिनु भयो । भैँसीको मूल्य बराबरको आर्थिक सहयोगको अपेक्षा विद्युत् प्राधिकरण सँग गरेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्