हिन्दु स्वयंसेवक संघ कपिलवस्तुद्वारा राहत वितरण 



जेठ २७, कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिकामा हिन्दु स्वयंसेवक संघले कोरोना महामारीका कारण भएको निषेधाज्ञा गर्दा काम धन्दा ठप्प हुँदा गरिब , विपन्न ,मजदुरहरू वर्ग निकै पिडामा परेको बेलमा राहत वितरण गरेको छ ।

खाद्यान्न वितरणमा १० केजी चामल, १ केजी दाल ,१ प्याकेट, नुन,आधा केजी तेल , १ पाउ सोयानिनको पोक सय परिवारलाई वितरण गरिएको हो । खाद्यान्न सङसङै उक्त सय परिवारलाई मास्क र हात धुन साबुन समेत वितरण गरिएको हिन्दु स्वयंसेवक सङ्घ नगर कर्यबाहक भानु चतुर्वेदीले बताएका छन्।

पीडितलाई केही हद सम्म कम गर्ने उद्देश्यका साथ हिन्दु स्वयंसेवक सङ्घ र सेवा इन्टरनेशनल नेपालको संयुक्त प्रयासबाट बिहीबार राहत स्वरूप खाद्यान्न वितरण गरिएको हो ।महाराजगन्ज नगरपालिकामा रहेको दुर्गा भवानी कन्या विद्यालयमा जिल्ला सङ्घ चालक बसुदेव चौधरीको अध्यक्षता , हिन्दु स्वयंसेवक सङ्घ जिल्ला कार्यवाहक दिप प्रकाश कुर्मी ( दिलिप कुर्मि ) , स्थानीय चौकीका जनपद प्रहरी र सशस्त्र प्रहरी लगायतको उपस्थितिमा खाद्यान्न वितरण गरिएको छ ।

खाद्यान्न वितरण कार्यक्रममा स्वयंसेवक सङ्घका नगर कार्यवाहक महेशराज कुर्मी , खण्ड कार्यवाहक नन्दराज चौधरी लागायत स्वयंसेवकहरूले सहजीकरण गरेको समेत चतुर्वेदीले बताएका छन् । लगातारको निषेधाज्ञाबाट पीडित बनेका गरिब विपन्न वर्गलाई यस खाद्यान्न वितरण केही दिन भएनि राहत पुग्ने स्वयंसेवकहरूले विश्वास व्यक्त गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्