धनुषामा पोखरीमा डुबेर ५ बालिकाको ज्यान गयो, शोकमा डुब्यो गाउँ



धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ । शुक्रवार घर नजिकैको पोखरीमा नुहाउन गएका बेला उक्त गाउँपालिका-६ का बालिका पोखरीमा डुबेका धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले बताए ।

मृत्यु हुनेहरूमा स्थानीय पल्टु यादवकी १२ वर्षीय छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीय छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीय छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीय छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीय ललित साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

दिउँसो साढे १२ बजेको समयमा नुहाउन गएको बेला उनीहरूको डुबेर मृत्यु भएको हो। घटनाका विषयमा थप अनुसन्धान गिरहको प्रहरीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्