वेदकोट नगरपालिकाका एक वडा सदस्य काठसहित प’क्राउ



कञ्चनपुरको वेदकोट नगरपालिकाका एक वडा सदस्य काठसहित प’क्राउ परेका छन् । वेदकोट नगरपालिका–१० का सदस्य डम्बरदक्त भट्ट काठसहित प’क्राउ परेका हुन् । बिहीबार दिउँसो शुक्लाफाँटा निकुञ्ज कार्यालयको टोलीले भट्टलाई काठसहित वेदकोट नगरपालिका–१० सिद्धनाथ टोलीस्थित उनकै घरबाट पक्राउ गरेको रेञ्जर धर्मजित साउँदले बताए । 

उनका अनुसार घर नजिकैको नालामा तीन गोलियाँ काठ फेला परेको छ । सदस्य भट्टलाई निकुञ्ज कार्यालयको नियन्त्रणमा राखिएको छ । साथै निकुञ्ज कार्यालयले काठ तस्करीबारे थप अनुसन्धान गरिरहेको रेञ्जर साउँदको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्