केही स्थानहरूमा भारी वर्षाको समेत सम्भावना, आगामी तीन दिनको मौसम पूर्वानुमान



२०७८ जेठ २९ गते (शनिवार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ ।

साँझ: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ ,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०७८ जेठ ३० गते (आइतबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बाग्मती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ ।

साँझ: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ ।

२०७८ जेठ ३१ गते (सोमवार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश,गण्डकी प्रदेश ,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ ।

साँझ: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश केही स्थानहरूमा र प्रदेश २, बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्