महोत्तरीको मनराशिसवामा सडक शिलान्यास कार्यक्रम सम्पन्न



महोत्तरी : महोत्तरीको मनराशिसवा नगरपालिका वडा न १ मनरा देखि सोनौला, ससौला, लक्ष्मिनिया, वैरगीया हुँदै मोहनपुर सम्मको करिब १५ किम. सडक खण्ड निर्माण हुने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयको सहरी विकाश परियोजना अन्तर्गत प्रदेश सभाद्वारा बहूवर्षिय योजनाको मातहतमा एक निर्वाचन एक सडकको निर्माण हुँदै छ । यसै अन्तर्गत मनरा नगरपालिका वडा नं ३ स्थित सोनौलमा शनिबार एक समारोहबिच सो सडक खण्डको शिलान्यास गरिएको हो ।

महोत्तरीको महाराशिसवा नगरपालिका विकास निर्माणको क्रममा जिल्लामै अग्रपङ्क्तिमा रहेको छ । स्थानीय मेयर सञ्जयकुमार सिंहका अनुसार नयाँ शहर अवधारणा अन्तर्गत मनरा र बलबा नगरपालिका मात्रै परेको छ । तसर्थ यी दुई नगरपालिका परियोजना, शैली र विकास पनि फरक ढंगले हुनेछ । हाल नगरभित्रका बाटोहरू ढलान भैसकेको तथा नगर जोडने बाटोको निर्माण कार्य पनि तिब्र रहेको मेयर सिंहले जनाएका छन् ।

एक निर्वाचन एक सडक परियोजना अन्तर्गत निर्माण हुने महोत्तरी ४ (ख) सडक हुलाकी सडकबाट सोनौलको सन्तगढ कुट्टीसम्म निर्माण हुने वडा नं. ३ का अध्यक्ष महेन्द्रप्रसाद यादवले जनाएका छन् । रु. १ करोड ५ लाख बजेटमा ब्रदर्स कन्ट्रक्सनले उक्त ठेक्का हात पारेका छन् । असार मसान्तसम्ममा सडक निर्माण लगायत कालोपत्रे गर्ने योजना रहेको ठेकेदार आदित्य साहले जनाए । सो सडकको शिलान्यास प्रदेश २ का कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहा र पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले संयुक्त रूपमा गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्