स्याङ्जा भीरकोटमा जीप दु’र्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते



स्याङ्जा ।  स्याङ्जाको भीरकोट नगरपालिका–४ दभुङठाँटीमा जिप दु’र्घटना हुँदा एकको मृत्यु भएको छ भने छजना घाइते भएका छन् ।

बानेथोकबाट बयरघारीतर्फ आउँदै गरेको ग१ज ४९४० नंको जिप बिहान १०ः१५ बजे भीरकोट–४ दभुङठाँटीमा दु’र्घटना हुँदा जिपमा सवार भीरकोट–३ का ३६ वर्षीय गणेशजङ्ग अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । घा’इते अवस्थामा उद्धार गरेर भीरकोट नगर अस्पताल पु¥याइएपछि अस्पतालले मृत घोषणा गरेको थियो ।

ग्रामीण कच्ची बाटोबाट जिप झन्डै पाँच मिटर तल खस्दा जिपमा सवार भीरकोट– ३ का मनु भन्ने विकास थापा (जिप चालक), सोही स्थानका ४० वर्षीय रेशम परियार, ४६ वर्षीय प्रतिमा परियार, ४८ वर्षीय रुकबहादुर परियार, २८ वर्षीय सोनी श्रेष्ठ, पुतलीबजार नगरपालिकाकी २४ वर्षीय दिनेश परियार घाइते भएका छन् । घाइतेको अवस्था मध्यम रहेको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्