सिन्धुपाल्चोकको मेलम्ची बाढीग्रस्त क्षेत्रमा पुगे सभामुख सापकोटा



काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको मेलम्ची बाढीग्रस्त क्षेत्रमा पुगेका छन् । बाढीबाट भएको क्षतिबारे निरीक्षण, उद्धार तथा राहतको व्यवस्था गर्न सभामुख सापकोटा मेलम्ची पुगेका हुन् ।

सभामुख सापकोटाले घटनास्थलको निरीक्षण गरी सरोकारवाला निकायसँग रिपोर्ट पनि लिएका छन् । मङ्गलवार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोका कारण हालसम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ । केही घाइतेहरूलाई काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ, भने अन्यको खोजी जारी छ । खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । अर्को एउटा निजी हेलिकप्टर पनि सिन्धुपाल्चोक क्षेत्रमा खटिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्