बिओपी मर्यादपुरद्वारा भारी मात्र अवैध औषधी नियन्त्रणमा 



असार २ , कपिलवस्तु । कपिलवस्तुको नेपाल भारत सीमा स्थित रहेको बिओपी मर्यादपुरले भारी परिमाणमा अवैध औषधी प’क्राउ गरेको छ ।  बिओपी मर्यादपुरबाट खटेको सशस्त्र प्रहरीको टोलीले यशोधरा गाउँपालिका ५ को ननवा स्थित खेतबाट बोरामा करिब ४ लाख ७५ हजार  बराबरको भन्सार छलेर ल्याउँदै गरेको अवैध औषधी बरामद गरेको हो । 

सशस्त्र प्रहरीका बिओपी मर्यादपुरका ईन्चार्ज एवम् प्रहरी निरीक्षक शंकर सिंह सिखको कमान्डमा गएको ७ जनाको मोबाइल टोलीले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरी निरीक्षक सिंहका अनुसार, प्रहरी टोलीलाई देख्ने बित्तिकै भन्सार छली गरी ल्याउँदै गरेको औषधी छाडेर व्यक्ति भागेको थियो । 

बरामद गरिएको औषधीहरू  कारबाहीको लागि सुठौली भन्सार कार्यालय पठाइएको उहाँले बताएका छन् । कोरोना कालमा लकडाउनको मौका छोपी त्यहाँको विभिन्न नाकाबाट तस्करी भइरहेको खबर थाहा पाएपछि बिओपी मर्यादपुरले अवैध रूपमा भन्सार छली ओसारपसार नियन्त्रणका लागी थप कडाइ गरे सँगै पछिल्लो समयमा सीमा क्षेत्रमा विभिन्न सामानहरू बरामद हुने क्रम बढेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्