यी हुन् मेलम्ची बाढीमा बेपत्ता भएका २० जना



काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीमा परी २० जना बेपत्ता रहेको आधिकारिक जानकारी प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले बेपत्ता २० जनाको नामावली र अन्य क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।

बाढीका कारण मेलम्ची र हेलम्बुका गरी करिब ९०० जना प्रभावित भएको विवरण सार्वजनिक गरिएको  छ । बाढीमा २० जना हराइरहेको, ५ जना घाइते भएको र १ जनाको लास फेला परेको बत्ताइएको छ । साथै ५ वटा झोलुङ्गे पुन, ४ वटा पक्की पुल र ७ वटा माछा फार्ममा क्षति पुगेको समेत विवरणमा उल्लेख छ ।

बाढीमा परी हराइरहेको र तीमध्ये ३ जना भारतीय र ३ जना चिनियाँ नागरिक रहेको जनाइएको छ । बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, ६६ वर्षीय टीकामाया खड्का, ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति रहेका छन् । यसै गरी हेलम्बु– ३ की ५० वर्षीय साइली तामाङ र हेलम्बू– ६ का ५० वर्षीय च्याङा तामाङ तथा ४२ वर्षीय काली तामाङ बेपत्ता छन् ।

यस्तै, चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, त्रिपुरासुन्दरी गाउँपालिका–१ का १९ वर्षीय विमल खत्री, १७ वर्षीय राम थापा, १६ वर्षीय सुवास जिरेल, १६ वर्षीय कमल खत्री, रेसमलाल साकी र हेमराज घिमिरे पनि बेपत्ता सूचीमा छन् 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्