मेलम्ची र हेलम्बु बाढीपीडितका लागि काठमाडौं महानगरको दुई करोड सहयोग



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहत तथा उद्धारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । नगरसभाको नवौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो घोषणा गरेका हुन् । 

मेयर शाक्यले काठमाडौँलाई पानी दिएको कारण हेलम्बु र मेलम्चीलाई उक्त रकम सहयोग गरेको बताएका छन् । मेयर शाक्यका अनुसार उक्त रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि खर्च गर्नका लागि दिइने भएको हो ।

गत मङ्गलवार अविरल वर्षासँगै आएको पहिरोका कारण मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका अधिकांश डुबानमा परेको छ । उक्त बाढी कै कारण सयौँ जना घरबारविहीन बनेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्