भक्तपुरमा इँटा भट्टाको खाल्डोमा बालकको शव भेटियो



काठमाडौँ । भक्तपुरको इँटा भट्टाको खाल्डोमा एक जना बालकको शव भेटिएको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीमा रहेको बिएम इँटा भट्टाको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीयवासी राजु मछेका छोरा १० वर्षीय रोजनको शव पोखरीमा आज भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी  दिए ।

शुक्रवार करिब ११ः०० बजेदेखि बालक हराएको भन्दै वरिपरि छिमेकी, साथीभाइसँग बुझ्दासमेत कतै फेला नपरेपछि आज थप खोजतलास गर्दा पोखरीमा बच्चा डुबेको भेटिएको प्रहरीले जानकारी दिएको छ ।

इँटाभट्टाले जथाभाबी खाल्डा खनेर पोखरी बनाएर बारसमेत नहाली राख्दा हरेक वर्ष भक्तपुरका इँटा भट्टामा यसै गरी बच्चा डुब्ने गरेका छन् । शव परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्