दाङमा भत्कियो एक करोडको नाच घर !



घोराहीको घोर दौरामा बनेको एक करोडको नाच घर भत्किएको छ । उक्त घर निर्माणकै चरणमा थियो । लुम्बिनी प्रदेश सरकारको लागतमा निर्माण भएको निकै महँगो यो घर केही दिन देखिको लगातारको वर्षाका कारण भत्किएको हो । यो घरको निर्माणमा लागेको लागत निकै अस्वाभाविक देखिएको थियो ।

तर निर्माण पक्ष तथा सरकार समर्थितहरूले भने उक्त नाघ घरको निर्माण लागत स्वाभाविक देखिएको र एक करोडमा राम्रो नाच घर बनेको भन्दै उक्त घरको गुणगान गाई रहेका थिए । तर बर्खे झरीले नाच घर भत्किएपछि घरको असलियत उदांगिएको छ । उक्त घरको पछाडि तिरको गारो भत्किएको छ । यसै गरी शौचालय पनि भत्किएको छ भने दर्शकहरू बस्नका लागि बनाइएको पेटी समेत चर्किएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्