कृष्ण नगर नगरपालिका ८३ करोडको बजेट सार्वजनिक



कृष्ण नगर , असार १० । कृष्ण नगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ८३ करोड बराबरको बजेट नीति तथा कार्यक्रम मार्फत सार्वजनिक गरेको छ । बिहीबार कृष्ण नगर नगरपालिकाको छैंठाे नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बजेट सार्वजनिक गरिएको छ ।

आ.ब. ०७८/०७९सङ्घ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण सशर्त अनुदान, राजस्व बाँडफाँड, समपूरक अनुदान, विशेष अनुदान, माैजदात रकम र ३ करोड आन्तरिक आय लागत सहभागिताबाट ८३ करोड ३ लाख ९२ हजार ४८४ बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत विजय बहादुर कार्कीले बत्ताउनुभयो ।

यस वर्षमा नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य तथा आवश्यक पूर्वाधार केही बहु वर्षिय योजनाहरूमा बजेट बाँडफाँट गरिने नगर प्रमुख रजत प्रताप शाहले बत्ताउनुभयो । उनले अबकाे योजना कार्यक्रममा सामाजिक विकास तर्फ विशेष बजेट विनियोजन गर्ने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्