सुनसरीमा सवारी दु’र्घटना हुँदा ३ को मृत्यु, २ घाइते



सुनसरीको कोसी गाउँपालिका ८ मा हायस गाडीले पिक अप र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गस्थित सुनसरीको कोसी गाउँपालिका ८ मा हायसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकल र म्याजिक भ्यानलाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको बा ३ ख ७२२४ नम्बर हायस गाडीले विपरीत दिशाबाट आइरहेको स ६ प ४६६१ नम्बर र को १ च ९३६८ नम्बर पिक अप गाडीलाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक सप्तरीको डाक्नश्वरी ५ का २८ वर्षीय उदय साह र पछाडि बसेका विराटनगर ९ का ४५ वर्षीय रामप्रसाद साह र पिक अप चालक विराटनगर ७ का ४० वर्षीय अक्षय कुमार गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दु’र्घटनामा हायस चालक नुवाकोट विदुर नगरपालिकाका ३५ वर्षीय विकास तामाङ सामान्य घा’इते छन् भने सहचालक नारायण बस्यालको खुट्टा भाँच्चिएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्