विपन्न गरिबलाई वित्थडचिरमा बाख्रा वितरण 



उत्तमकुमार थापा, बझाङ
वित्थडचिर गाउँपालिकामा बाख्रा वितरण गरिएको छ ।

बझाङ जिल्लाको वित्थडचिर गाउँपालिका वडा नम्बर ६ मा बाख्रा वितरण गरिएको हो । विगत केही समय अगाडि देखि मुख्य मन्त्री एकीकृत कृषि तथा पशुपन्छी कार्यक्रम अन्तरगत बाख्रा वितरण गरिएको छन् ।

जिल्लामा रहेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञे केन्द्र बझाङको आर्थिक सहयोगमा १० वटा बोका १०० बाख्रा वितरण गरिएको अधिकृत छैटौँ कर्ण खड्काले बताए ।

खड्काले भने,जिल्लाको पहिलो खुट्किलामा पर्ने वित्थड चिर गाउँपालिका पर्यटकीय सम्भावना सँगै विभिन्न बाख्रा पालनको लागि सभव्य ठाउँ भएको कारण मुख्य मन्त्री एकीकृत तथा पशुपन्छी कार्यक्रम लागु भएको हो । बाख्राकाे सम्भावना बोकेको क्षेत्र भएको कारण विभिन्न गरिब विपन्न जनसमुदाय लाई केही व्यावसायिक बन्नको लागि वितरण गरिएको थियो ।

गाउँपालिकाको वडा नम्बर ६ मा रहेको ताेलिलेकमा खोरहरू बनाउँदै सङ्कलन केन्द्रमा चर्पी तथा घेरवार गरिएको अध्यक्ष हरिश खड्काले बताए । उनले भने आगामी दिनमा यसबाट यहाँका जनसमुदायले मनज्ञ्य आम्दानी गर्दै,अगाडि बढ्ने र व्यावसायिक बन्ने, केही राहत हुने उहाँको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्