लमही ७ का वडावासीलाई १७ सय फलफूलका बिरुवा निःशुल्क वितरण 



टेकबहादुर पुन, दाङ । लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले वडावासीका लागि निःशुल्क फलफूलका बिरुवा वितरण गरेको छ । वडा कार्यालयले सिट्लेस जातको लिच्चिका बिरुवा ५ सय र दसरी जातको आँपका १२ सय बिरुवा निःशुल्क वितरण गरेको हो । वडावासीको घरघरमा हराभरा बनाउने र रोग सँग लड्न सक्ने क्षमता अभिवृद्धि गर्न फलफूलका बिरुवा वितरण गरिएको वडाध्यक्ष मोहन गिरीले बताए ।

उनले निःशुल्क रूपमा वितरण गरिएको बिरुवा हरूलाई संरक्षण गर्दै त्यसको लाभ लिन सबै वडावासीलाई आग्रह गरेका छन् । वडा कार्यालयको १ लाख ४० हजार रुपैयाँ लागतमा बिरुवा वितरण गरिएको छ । कार्यबहाक वडाध्यक्ष केदार चौधरीको अध्यक्षतामा वडा अन्तरगतका टोलबिकाश संस्था मार्फत फलफूलका बिरुवा वितरण गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्