कांग्रेसले भन्यो : चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान !



काठमाडौँ । राजधानीको एक भित्तामा कोभिड-१९ महामारीविरुद्ध अग्र पङ्क्तिमा खटिएकाको सम्मानमा कोरिएको चित्र मेटाउने काठमाडौँ नगरपालिकाको कदमलाई लिएर चौतर्फी विरोध व्यक्त भएको छ ।

विपक्षी दलले बिहीबार विज्ञप्ति जारी गर्दै महानगरको उक्त कार्य निन्दनीय रहेको जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी वक्तव्यमा फ्रन्टलाइनरको सम्मानमा अनुमति लिएर बनाइएका चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान भएको उल्लेख छ । सम्मानमा चित्र बनाइँदा बधाई नभएर अपमान गरिनु सभ्य र सुसंस्कृत समाजको विरुद्ध भएको समेत काँग्रेसले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्