सरकारले बाढी पहिरोबाट घर गुमाएका परिवारलाई ५० हजारका दरले राहत दिने



काठमाडौँ । सरकारले बाढी–पहिरोका कारण घर गुमाएका ५७२ परिवारलाई ५० हजार रुपैयाँका दरले राहत प्रदान गर्ने भएको छ ।
आज (आइतबार) राष्ट्रियसभा बैठकमा बोल्दै गृहमन्त्री विष्णुप्रसाद पौडेलले यो वर्षको मनसुनको प्रभावबाट असार १६ गतेसम्म घरमा क्षति पुगेका परिवारलाई अस्थायी बसोबासका लागि जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम उपलब्ध गराइने जानकारी गराए ।

गृहमन्त्री पौडेलले प्राकृतिक विपत्तिबाट घरमा क्षति पुगेका ५ सय ७२ परिवारका लागि ५० हजारका दरले राहत दिने बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

यो वर्ष मनसुनको प्रभावबाट असार १६ गतेसम्म घरमा क्षति पुगेका परिवारलाई अस्थायी बसोबासका लागि जिल्ला प्रशासन कार्यालय मार्फत सो रकम दिइने जानकारी उनले गराएका हुन् ।

‘यो वर्ष असार १६ गतेसम्म पूर्ण तथा आंशिक घर क्षति भएका ५ सय ७२ परिवारका लागि अस्थायी बसोबास गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख रुपैयाँ उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ उनले भने, ।

उनले यो वर्ष मनसुनबाट सिर्जना भएको प्राकृतिक विपत्तिबाट ५ सय ६५ घरमा पूर्ण क्षति भएको, १ सय १२ घरमा सामान्य क्षति पुगेको जानकारी गराए । उनले क्षतिग्रस्त घरको पुनर्निर्माणमा सरकारले सहयोग गर्ने पनि उल्लेख गरे ।

उनले भने, ‘हालसम्म सिन्धुपाल्चोक मनाङ, लमजुङ गोरखा, कास्की, अर्घाखाँची, खोटाङ तनहुँ, सर्लाही लगायतका जिल्लाहरूमा ५ सय ६५ घर पूर्ण रूपमा क्षति भएको छ । १ सय १२ घरमा आंशिक क्षति भएको छ । ३६ सरकारी कार्यालय भवनमा क्षति पुगेको छ । ९ विद्यालय तथा सामुदायिक भवनमा क्षति पुगेको छ ।’

यस्तै सिन्धुपाल्चोक जिल्लाका ७, मनाङका २, चितवनका २ तनहुँमा १ उदयपुर मोरङ र सिरहामा गरी १५ वटा पक्की पुलमा क्षति पुगेको छ । यस्तै विभिन्न जिल्लामा गरेर २३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । ति पुलहरूको निर्माण तथा सडक खुलाउनका लागि सम्बन्धित निकायलाई निर्देशन समेत दिएको उनले बताए ।

सिन्धुपाल्चोकको कोदारी राजमार्ग, मनाङ चामे बेंसीशहर सडक, बाजराको मार्तडी कोल्टी सडक र कुलेखानी हेटौँडा सडकमा भएको अवरोध हटाउने काम जारी रहेको मन्त्री पौडेलको भनाइ छ ।मनसुनबाट अति प्रभावित सिन्धुपाल्चोक, मनाङसहितका ८ जिल्लामा ८ सय ३४ थान टेन्ट, २ हजार ५६ थान त्रिपाल, १ सय ९४ थान स्लिपिङ ब्याग लगायतका राहत सामग्री दिइएको जानकारी गराए ।

मनसुनबाट भएको प्राकृतिक विपत्तिबाट घर गुमाएकाहरूलाई पुनर्निर्माणका लागि व्यवस्था गरिएको मन्त्री पौडेलको भनाइ छ ।अघिल्लो वर्ष मनसुनबाट क्षति पुगेका ३ हजार ९ सय ५० परिवारलाई घर बनाउन पहिलो किस्ता बापत ५० हजार रुपैयाँ दिएको १९ करोड ९७ लाख अनुदान दिइएको उल्लेख गरे ।

यस्तै बाढी पहिरोमा परेका २ सय ७८ जनलाई सेनाको हेलिकोप्टरबाट र २ हजार जनालाई अन्य माध्यमबाट उद्धार गरिएको मन्त्री पौडेलले जानकारी गराएका छन् । यता गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले यस वर्षको बाढी तथा पहिरोमा परेर ३८ जनाको ज्यान गएको जनाएको छ ।

केन्द्रका प्रमुख दिल तामाङले यस वर्ष बाढी तथा पहिरोका कारण ३८ जनाले ज्यान गुमाएको र ३१ जना अझै हराइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार बाढी पहिरोमा परि ४७ जना घाइते भएका छन् । यो विवरण ज्येष्ठ ३१ गते देखि असार १९ गतेसम्म अर्थात् २० दिनको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्