उच्च अदालतमा कार्यरत महिला कर्मचारी मृतावस्थामा फेला



इलाममा एक महिला मृतावस्थामा फेला परेकी छन् । उच्च अदालत इलाममा कार्यरत विमलाकुमारी पराजुली मृतावस्थामा फेला परेकी हुन् । 

पराजुली आज बिहान अदालत परिसरभित्र मृतवस्थामा फेला परेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सोलुखुम्बु घर भएकी पराजुली कार्यालय सहयोगी पदमा काम गर्दै आएको बताइएको छ ।

पराजुलीको मृत्यु कसरी र के कारणले मृत्यु भयो भन्ने अझै पुष्टि हुन सकेको छैन । घटना रहस्यमय भएकाले थप अनुसन्धान भइरहेको श्रेष्ठले बताउनुभयो । थप अनुसन्धानका लागि कुकुर मगाइएको उहाँले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार थप अनुसन्धानका लागि अन्य मान्छेलाई प्रवेश रोक लगाएर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्