धनुषामा एक नवविवाहित महिलाको रहस्यमय मृत्यु



धनुषामा एक वविवाहिता महिलाको रहस्यमय मृत्यु भएको छ । बटेश्वर गाउँपालिका–२ भूचक्रपुर कहचरीटोल बस्ने रामवृक्ष महतोकी २० वर्षीया पत्नी अञ्जु महतोको आइतबार साँझ शङ्कास्पद मृत्यु भएको हो ।

आफ्नै घरको ओछ्यानमा अञ्जुको श’व फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए । उनले भने, ‘मृतकको घाँटीमा झुण्डेर आत्मह’त्या गरेको जस्तो डाम देखिएकोले घटना शङ्कास्पद रहेको छ । श’वको पोस्टमार्टम रिपोर्ट पश्चात थप कुरा खुल्न सक्छ ।’

यता माइत पक्षले ससुरा पक्षले मिलेर आफ्नो छोरीको ह’त्या गरेको दाबी गरेका छन् । अञ्जुले आत्मह’त्या नगरेको र घरपरिवारले नै मिलेर घाँटी थिची उनको ह’त्या गरेको उनका बुबा महोत्तरीको गौशाला नगरपालिका–१० भरतपुर बस्ने रामजटन महतोको आ’रोप छ ।

अञ्जुको विवाह गत फागुन २० गते सामाजिक परम्परा अनुसार राम वृक्षसँग भएको थियो । विवाहपछि ससुरा पक्षले यस्तो बुहारीले घरपरिवार नचल्ने कुरा माइत पक्षलाई पटक पटक सुनाएको आ’रोप छ ।

घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माइती पक्षले माग गरेका छन् । मृतकको श’व पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्