पाटे बाघको छालासहित कैलालीबाट २ जना पक्राउ



हरिस बम कैलालीमा पाटे बाघको छालासहित दुई जना पक्राउ परेका छन्। कैलालाीको गौरीगंगा नगरपालिका–७ मटकौनास्थित सिंहासन सामुदायिक वन क्षेत्रबाट पाटे बाघको छालासहित २ जनालाई पक्राउ गरिएको हो । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआइटी को टोलीले मङ्गलवार उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कैलालीकै मोहन्याल गाउँपालिका–५ सालघारीका ५५ वर्षीय पूर्णबहादुर बुढामगर र लम्कीचुुहा नगरपालिका–१ का लोकेश सिजापति रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। विशेष सूचनाका आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। अहिले उनीहरूलाई छालासहित इलाका प्रहरी कार्यालय चौमालाको जिम्मा लगाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्