आफ्नै घरको भर्‍याङमुनी महिलाको श’व फेला



शनिवार बिहान पाल्पाको निस्दी गाउँपालिकाकी एक महिलाको श’व फेला परेको छ ।

सो गाउँपालिकाको वडा नम्बर–४ छाप डाँडाकी अन्दाजी ५१ बर्षीया महिला दिलकुमारी सुनारीको शव उनकै घरको भ-याङ्गमुनी  शनिवार बिहान ५ बजेको समयमा फेला परेको हो ।

इलाका प्रहरी कार्यालय रामपुरबाट  प्रहरी निरीक्षकको कमान्डमा खटिएको प्रहरीले ८ फिट अग्लो भर्‍याङबाट लडेर उनको मृत्यु भएको भनिए पनि यसबारे अनुसन्धान भई रहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्