कैलालीमा एक ७२ वर्षीय वृद्ध बेपत्ता ..



कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १० स्थित सुतैया गाउँ बाट एक वृद्ध बेपत्ता भएका छन् । विगत २४ वर्ष देखि बहिनीको घरमा बस्दै आएका जोगी विक नाम गरेका ७२ वर्षीय वृद्ध बेपत्ता भएका हुन ।

वृद्ध असार ३१ गते बिहान करिब १० बजे घर बाट निस्केका थिए । दिउँसो १२ बजे सम्म पनि घर नआएपछि उनको खोज कार्य सुरु भएको थियो । आफन्त कहाँ खोजी गर्दा पनि उनको अझै पत्ता लाग्न सकेको छैन ।

उनको करिब ५ फी. उचाइ रहेको छ । उनी बोल्न र कान सुन्न सक्दैनन् । उनी घरबाट निस्कँदा सेतो रङ्गको सर्ट, कालो रङ्को ट्राउजर, र कालो रङ्को चप्पल लगाएका थिए ।

उनलाई देख्नु हुने वा फोला पार्नुहुने महानुभावले नजिकैको प्रहरी कार्यालय वा भीम बिसीको सम्पर्क नम्बर ९८१४६०९२८२÷९८६५८७८३५५ मा सम्पर्क गरिदिन हुन उनका आफन्तले अनुरोध गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्